Home Bibles ☰ Books इजकिएल 39:1 · नेपाली बाइबल
इजकिएल 39:1 · नेपाली बाइबल

“हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु।

Cross references

यशैया 24:21

त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।

इजकिएल 35:3

त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।

इजकिएल 38:1

परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

इजकिएल 38:2

“हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि तूबल राष्ट्रहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विरूद्धमा मेरो लागि केही भन।

नहूम 2:13

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।

नहूम 3:5

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।

Interlinear

Choose Theme