Home Bibles इजकिएल 27:23 · नेपाली बाइबल
इजकिएल 27:23 · नेपाली बाइबल

हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे।

Cross references

उत्पत्ति 2:8

परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।

उत्पत्ति 10:10

शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो।

उत्पत्ति 10:22

शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

उत्पत्ति 10:28

ओबाल, अबमाएल, शबा,

उत्पत्ति 11:31

तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।

उत्पत्ति 12:4

यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर वर्ष पुगेका थिए।

उत्पत्ति 25:3

योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।

उत्पत्ति 32:22

त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्‌यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्‌यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो।

गन्ती 24:22

तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”

2 राजा 19:12

ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्‌तम गरे।

अय्यूब 1:15

शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

भजनसंग्रह 83:8

असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे। तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।

यशैया 7:18

“त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्।

यशैया 7:20

यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई झ्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहुदाको दाह्री खौरनु हुनेछ।

यशैया 10:9

कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्त हो। सामरिया शहर दमीशक शहर जस्तो हो।

यशैया 37:12

के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।

आमोस 1:5

“म दमीशकका बलिया ढोकाहरु पनि भाँचिदिनेछु। र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाईपनि नष्ट पारिदिन्छु। अरामका मानिसहरु पराजित हुनेछन्। अनि उनिहरुलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।

आमोस 6:2

कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्?होइन।

प्रेरित 7:4

यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।

Interlinear

Choose Theme