परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।
Cross references
त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो।
उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउँनको लागि असल हो।