Home Bibles उत्पत्ति 1:24 · नेपाली बाइबल
उत्पत्ति 1:24 · नेपाली बाइबल

परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

Cross references

उत्पत्ति 6:20

जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरु त्यहाँ तिमीहरुसित रहनेछन्।

उत्पत्ति 7:14

ती मानिसहरु, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरु, घरमा पालिने पशुहरु, भूँईमा घस्रने जन्तुहरु अनि प्रत्येक जातका चराहरु जहाजमा पसे।

उत्पत्ति 8:19

आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

अय्यूब 38:39

अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?

अय्यूब 39:1

“अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्? के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?

अय्यूब 39:5

अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?

अय्यूब 39:9

अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ? के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?

अय्यूब 39:19

अय्यूब के तिमीले घोडालाई बल दियौ? के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?

अय्यूब 40:15

अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।

भजनसंग्रह 50:9

म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।

भजनसंग्रह 104:18

उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।

भजनसंग्रह 104:23

तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्।

भजनसंग्रह 148:10

परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू, सानो सानो घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।

Interlinear

Choose Theme