Home Bibles अय्यूब 39:9 · नेपाली बाइबल
अय्यूब 39:9 · नेपाली बाइबल

अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ? के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?

Cross references

गन्ती 23:22

परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो तिनीहरू जंगली साँढे झै बलिया छन्।

व्यवस्था 33:17

यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।

भजनसंग्रह 22:21

सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्। साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।

भजनसंग्रह 92:10

तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको भेडा जस्तै हुनेछु। तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।

यशैया 1:3

गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँडकहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

Interlinear

Choose Theme