Home Bibles गलाती 5:14 · नेपाली बाइबल
गलाती 5:14 · नेपाली बाइबल

सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”

Cross references

लेवी 19:18

मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।

लेवी 19:34

तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

मत्ती 7:12

“अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।

मत्ती 19:18

त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?” येशूले जवाफ दिनुभयो, ‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर; झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन,

मत्ती 22:39

दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’

मर्कूस 12:31

दोस्रो महान आज्ञा यस्तो छः तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छौ।यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”

मर्कूस 12:33

अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”

लूका 10:27

त्यस मानिसले भन्यो, “तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’“

यूहन्ना 13:34

“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।

रोमी 13:8

तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैं एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।

गलाती 6:2

एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।

1 तिमोथी 1:5

यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ।

याकूब 2:8

बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।”यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।

Interlinear

Choose Theme