Home Bibles गलाती 5:12 · नेपाली बाइबल
गलाती 5:12 · नेपाली बाइबल

म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनून्।

Cross references

उत्पत्ति 17:14

जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”

उत्पत्ति 30:34

लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमीले जे भन्यौ हामी त्यही गर्नेछौ।”

प्रस्थान 12:15

यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ।

प्रस्थान 30:33

यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”

लेवी 22:3

हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

यहोशू 7:12

यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।

यहोशू 7:25

तब यहोशूले भने, “तैंलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।

यूहन्ना 9:34

यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।

प्रेरित 5:5

जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए।

प्रेरित 5:9

पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”

प्रेरित 15:1

त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

प्रेरित 15:24

हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं!

1 कोरिन्थी 5:13

तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।।

गलाती 1:8

हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।

गलाती 2:4

हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए।

गलाती 5:10

मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ।

तीतस 3:10

यदि कसैले र्तक गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि र्तक गरिरहे उसलाई फेरि छाडिदेऊ।

Interlinear

Choose Theme