Home Bibles प्रेरित 15:1 · नेपाली बाइबल
प्रेरित 15:1 · नेपाली बाइबल

त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यु-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

Cross references

उत्पत्ति 17:10

तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ।

लेवी 12:3

अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।

यूहन्ना 7:22

मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ।

प्रेरित 6:14

नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।”

प्रेरित 15:3

उनीहरूको यात्रालाई मण्डलीले सहयोग गरयो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।

प्रेरित 15:5

यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”

प्रेरित 15:22

तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यु-भाइहरूले खुबै सम्मान गर्थे।

प्रेरित 15:24

हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं!

प्रेरित 21:20

जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।

रोमी 4:8

अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ, त्यो मानिस साँच्ची नै खुशी हुँदछ।”

1 कोरिन्थी 7:18

यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन।

गलाती 2:1

चौध र्वष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।

गलाती 2:3

तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।

गलाती 2:11

जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।

गलाती 5:1

ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।

गलाती 5:6

कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।

गलाती 6:13

जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।

फिलिप्पी 3:2

दुष्ट्याइँ काम गर्नेहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्।

कलस्सी 2:8

सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।

कलस्सी 2:11

ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ।

कलस्सी 2:16

यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।

Interlinear

Choose Theme