मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं।
Cross references
शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए।विश्वासीहरूलाई सताइ
उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदीया र सामरिया भरि फैलिएका थिए।
त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।
तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ।
सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”
त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्।
“म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलकोशिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।
“सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।
“जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।
जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।
म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेटन सक्दैनथे।
अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।