त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।
Cross references
त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसंग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।
त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ।
म अति आघातको अवस्थाया बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।
तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे।
येशूअ योयाकीम्का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।
एल्याशीब, योयादा, योहानान अनि यद्दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।
अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।
यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।
मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दुखी छु। मैले आफ्नो टाउकोमा धूलो हालें।
जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!”