Home Bibles नहेम्याह 13:28 · नेपाली बाइबल
नहेम्याह 13:28 · नेपाली बाइबल

यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।

Cross references

एज्रा 10:8

तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।

नहेम्याह 2:10

जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, कोही इस्राएली मानिसहरू सहायता गर्न आयो भनी त्यसले तिनीहरूलाई खूबै थिएन।

नहेम्याह 2:19

जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”

नहेम्याह 3:1

एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।

नहेम्याह 6:17

ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए।

नहेम्याह 12:10

येशूअ योयाकीम्‌का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।

नहेम्याह 12:22

एल्याशीब, योयादा, योहानान अनि यद्‌दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।

नहेम्याह 13:4

यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो।

नहेम्याह 13:25

यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

भजनसंग्रह 101:8

यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु। परमेश्वरको शहर जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु।

हितोपदेश 20:8

जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

हितोपदेश 20:26

एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

रोमी 13:3

ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

Interlinear

Choose Theme