म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।
Cross references
यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”
हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्। मलाई छाडेर नजानुहोस्।
हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ?
हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए।