इजकिएल 48:18 · नेपाली बाइबल
पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ।
Cross references
यहोशू 9:27
यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।
एज्रा 2:43
यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
नहेम्याह 7:46
मन्दिरका सेवकहरूःसीहा, हसूपा, तब्बाओत।
इजकिएल 45:6
“तिमीले शहरलाई 5,000 हात चौडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ।