Home Bibles इजकिएल 44:20 · नेपाली बाइबल
इजकिएल 44:20 · नेपाली बाइबल

“ती पूजाहारीहरूले आफ्नो शिरको केश खौराउँने छैनन् तर तिनीहरूले केश लामो हुन दिनेछन्। पूजाहारीहरूले आफ्नो शिरको केश छोट्‌याउँनु मात्र सक्छन्।

Cross references

लेवी 21:5

“पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्।

गन्ती 6:5

“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।

व्यवस्था 14:1

“तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।

1 कोरिन्थी 11:14

लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।

Interlinear

Choose Theme