Home Bibles ☰ Books इजकिएल 39:18 · नेपाली बाइबल
इजकिएल 39:18 · नेपाली बाइबल

तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेडाहरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्।

Cross references

व्यवस्था 32:14

परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।

भजनसंग्रह 22:12

मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।

भजनसंग्रह 68:30

तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ। ती मानिसहरूको जस्ता “साँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्दछन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।

यशैया 34:6

किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।

यशैया 34:7

यसकारण भेडाहरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।

यर्मिया 50:11

“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।

यर्मिया 50:27

सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।

यर्मिया 51:40

“बाबेल भेडा-भेडी र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछन्। तिनीहरूलाई म कसाइखानमा डोर्याउनेछु।

इजकिएल 29:5

म तिमीलाई सबै माछाहरूसितै मरूभूमिमा फ्याँकिदिनेछु अनि तिमी जमीनमा खस्नेछौ।

इजकिएल 34:8

“म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।”

इजकिएल 34:17

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।

आमोस 4:1

हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ,“हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”

प्रकाश 19:17

त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।

प्रकाश 19:21

तिनीहरुका सेनाहरु घोडसवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरुले पेट भरुञ्जेल ती शवहरु खाए।

Interlinear

Choose Theme