“फिराऊनले ती मानिसहरूलाई देख्नेछन्, जो मृत्यु स्थलमा पुगेका छन् अनि उसका आफ्ना मानिसहरूलाई शान्ति हुनेछ। हो, फिराऊन अनि उसका सेनाहरू युद्धमा मारिने छन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
Cross references
सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरू? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?
केही मानिसहरू त्यो देशबाट भाग्नेछन्। तिनीहरू आफ्ना छोरा-छोरी लिएर तिमीहरूकहाँ सहायताको लागि आउनेछन्। तब तिमीहरूले थाहा पाउनेछौ कि यी मानिसहरू साँच्चै कति नराम्रा छन्। म जुन आपत यरूशलेममा ल्याउँनेछु त्यो न्यायसगत हो भन्ने तिमीलाई विश्वास गराइनेछ अनि तिमीहरूले सान्तवना पाउनेछौ।
मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।