Home Bibles इजकिएल 31:8 · नेपाली बाइबल
इजकिएल 31:8 · नेपाली बाइबल

परमेश्वरका बगेंचाको कुनै देवदारूको रूख पनि त्यस्तो थिएन जस्तो यो रूख थियो। सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो। देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो। परमेश्वरको बगैंचाको कुनै पनि रूख, यति सुन्दर थिएन जति यो थियो।

Cross references

उत्पत्ति 2:8

परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।

उत्पत्ति 13:10

लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)

भजनसंग्रह 37:35

मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।

भजनसंग्रह 80:10

यसले पर्वतहरू ढाकेर गयो। यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।

यशैया 10:7

“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन्। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैनन्। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई ध्वंश गर्ने योजना मात्र गर्दछ।

यशैया 36:4

कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, ‘महाराज, अश्शूरका राजाले यसो भन्छन् भनतिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ?

यशैया 37:11

अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले ध्वंश पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ होइन!

यशैया 51:3

यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।

इजकिएल 28:13

तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।

इजकिएल 31:16

मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।

इजकिएल 31:18

“यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!

Interlinear

Choose Theme