यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु।
Cross references
परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।
अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”
“त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”‘
म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
“म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ!
तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने र्गजिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।”‘
त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।”
परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे।