Home Bibles ☰ Books इजकिएल 29:21 · नेपाली बाइबल
इजकिएल 29:21 · नेपाली बाइबल

“त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

Cross references

1 शमूएल 2:10

परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ। सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ। उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ, परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ। उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”

भजनसंग्रह 51:15

हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!

भजनसंग्रह 92:10

तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको भेडा जस्तै हुनेछु। तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।

भजनसंग्रह 112:9

त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।

भजनसंग्रह 132:17

म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु।

भजनसंग्रह 148:14

परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!

यशैया 27:6

त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ। तब मिश्र बढन र फूल्न लागेको बोट जस्तै हुनेछ। त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”

यर्मिया 23:5

परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।

इजकिएल 3:26

म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिनीहरू सँधै मेरो विरूद्धमा गइरहेका छन्।

इजकिएल 24:27

त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् ‘म नै परमप्रभु हुँ।”‘

इजकिएल 28:25

परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ।

इजकिएल 29:6

तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ। म यो कामहरू किन गर्दैछु? किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो।

इजकिएल 29:9

मिश्र देश शून्य अनि नष्ट हुनेछ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।”परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’

इजकिएल 29:16

अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”

Interlinear

Choose Theme