Home Bibles उत्पत्ति 50:10 · नेपाली बाइबल
उत्पत्ति 50:10 · नेपाली बाइबल

तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे।

Cross references

उत्पत्ति 50:4

सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसंग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु।

उत्पत्ति 50:11

जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

गन्ती 19:11

एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।

व्यवस्था 1:1

जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।

व्यवस्था 34:8

इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुञ्जेलसम्म बसे।

1 शमूएल 31:13

त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्। 

2 शमूएल 1:17

शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।

1 इतिहास 10:12

याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।

अय्यूब 2:13

तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।

प्रेरित 8:2

केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदी हरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए।

Interlinear

Choose Theme