Home Bibles ☰ Books इजकिएल 3:12 · नेपाली बाइबल
इजकिएल 3:12 · नेपाली बाइबल

तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।”

Cross references

प्रस्थान 40:34

भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।

1 शमूएल 4:21

तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकावोद राखिन्, अर्थ “इस्राएलो महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुरा संकेत गराउँछ।

1 राजा 18:12

यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्!जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुसरण गरें।

2 राजा 2:16

तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।”तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”

भजनसंग्रह 26:8

हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

भजनसंग्रह 72:18

परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

भजनसंग्रह 148:2

हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

यशैया 6:3

प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।

इजकिएल 2:2

जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें।

इजकिएल 3:14

आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो।

इजकिएल 8:3

तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो।

Interlinear

Choose Theme