Home Bibles ☰ Books इजकिएल 28:14 · नेपाली बाइबल
इजकिएल 28:14 · नेपाली बाइबल

तिमी चुनिएका करूब स्वर्गदूत थियौं। तिम्रो पखेटा मेरो सिंहासन सम्म फैलिएको थियो अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें। तिमी त्यो रत्नको बीचमा हिँड्‌यौ जुन आगो जस्तै दन्किरहेको थियो।

Cross references

प्रस्थान 9:16

तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्।

प्रस्थान 25:17

त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौढाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ।

प्रस्थान 30:26

यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क।

प्रस्थान 40:9

“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।

भजनसंग्रह 75:5

तिनीहरू स्वयंलाई शाक्तिशाली र महत्वपूर्ण सोच्दछन्। तर म ती मानिसहरूलाई भन्छु, ‘शेखी नगर!’ ‘यति साह्रो अंहकारी नहौ!”

यशैया 10:6

म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।

यशैया 10:15

मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।

यशैया 14:12

तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ।

यशैया 14:13

तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

यशैया 37:26

त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।

इजकिएल 10:18

त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्‌यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो।

इजकिएल 20:40

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाँउ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ।

इजकिएल 28:2

“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।

इजकिएल 28:13

तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।

इजकिएल 28:16

तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं। यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें, मानौं तिमी अपवित्र चीज हौ। मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ। तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ तिम्रो पखेटा मेरो सिंहासनमा फैलिएको थियो, तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।

दानियल 2:37

हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।

Interlinear

Choose Theme