Home Bibles ☰ Books इजकिएल 27:36 · नेपाली बाइबल
इजकिएल 27:36 · नेपाली बाइबल

अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्। घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्, किनकि तिम्रो अन्त्य आएकोछ। तिमी भविष्यमा रहनेछैनौं।”‘

Cross references

1 राजा 9:8

यो मन्दिर ध्वंस हुनेछु। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’

भजनसंग्रह 37:10

चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्!

भजनसंग्रह 37:36

तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।

यर्मिया 18:16

तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।

यर्मिया 19:8

म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।

यर्मिया 49:17

परमप्रभु भन्नुहुन्छ, “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्।

यर्मिया 50:13

परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।

विलाप 2:15

त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”

इजकिएल 26:2

“हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।”‘

इजकिएल 26:14

म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

इजकिएल 26:21

अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

सपन्याह 2:15

नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

Interlinear

Choose Theme