Home Bibles ☰ Books इजकिएल 26:5 · नेपाली बाइबल
इजकिएल 26:5 · नेपाली बाइबल

टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान झैं अन्य राष्ट्रहरूलाई दिइनेछ।

Cross references

इजकिएल 25:7

यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”‘

इजकिएल 26:14

म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

इजकिएल 26:19

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ।

इजकिएल 27:32

तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो।

इजकिएल 29:19

यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ।

इजकिएल 47:10

तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्।

Interlinear

Choose Theme