Home Bibles इजकिएल 27:32 · नेपाली बाइबल
इजकिएल 27:32 · नेपाली बाइबल

तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो।

Cross references

विलाप 1:12

यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।

विलाप 2:13

सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरू? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?

इजकिएल 26:4

परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाई दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चट्टानमा परिणत गर्नेछु।

इजकिएल 26:17

तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्।“‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ। समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए। तिमी प्रसिद्ध थियौ। तर अहिले तिमी केही छैनौ। तिमी समुद्रमा शक्तिशाली थियौ अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए। तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई भयभीत पार्यो।

इजकिएल 27:2

“हे मानिसको छोरो! टायर शहरको विषयमा यो दुखको गीत गाऊ।

इजकिएल 27:26

तिम्रो नाविकहरूले, तिमीलाई विशाल अनि शक्तिशाली समुद्र पारि लिएर गयो, तर शक्तिशाली पूर्वी बतासले तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो।

प्रकाश 18:18

तिनीहरुले त्यो जलेको धुवाँ देखे। तिनीहरुले ठूलो स्वरमा भने, “यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!”

Interlinear

Choose Theme