परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडीजुत्ताको मुल्यमा बेचे।
Cross references
यस्ता घटनाहरू भए किनभने इस्राएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरूद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इस्राएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले।
यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।
ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्।
ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउन खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।
“त्यसपछि ओहोला पतिब्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्न थाली।
हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँचो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्।
“व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।
तिनीहरू सबै चुलो झैं तातिन्छन् र आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिए। तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”
तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।
इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।
तिनीहरुलेमेरो मानिसहरुको निम्ति चिट्ठा हाले। तिनीहरुले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।
“तिमीहरुले यहूदा र यरूशलेमका बासिन्दाहरुलाई यूनानीहरुको हातमा बेचिदियौ। ता कि तिनीहरु आफ्नो भूमिबाट टाढा लगिनेछन्।
अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरुयी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।
हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।
सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।
तिमीले आफैलाई भन्छौ, “हामीले गरीबलाई चाँदीले किन्छौं अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं। हामी सडेको गहुँ पनि बेच्छौं।”
तिमीहरुले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरुले तिनीहरुका हड्डीहरुबाट मासु निकाल्दछौ।
के अझै पनि दुष्टहरुले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरुले अझै पनि मानिसहरुलाई टोकरीहरुले धोका दिइ रहेकोछ जुन टोकरीहरु सानो छ।
तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।