कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्।
Cross references
“तिमीहरूले आफ्नो नजिक को आफन्तहरुसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।
बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।
“तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।
“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।
“यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।
“यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।
“यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।
“यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।
“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।
तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामारभन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे।
तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”
यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन। तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।
ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफै साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।
छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। उ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ।
तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्यकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँउदैनौं।’
तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
“तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’
मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुनः यौन पाप, अशुद्धता, अनैतिकता,
सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।