Home Bibles लेवी 20:10 · नेपाली बाइबल
लेवी 20:10 · नेपाली बाइबल

“यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।

Cross references

प्रस्थान 20:14

“तिमीले व्यभिचार गर्नु हुँदैन।

लेवी 18:20

“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।

व्यवस्था 5:18

“तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।

व्यवस्था 22:22

“यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।

व्यवस्था 22:24

तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।

2 शमूएल 12:13

तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

अय्यूब 31:9

यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,

अय्यूब 31:11

किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो, न्यायको साम्ने एउटा अपराध हो।

इजकिएल 23:45

“तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किन? किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”

यूहन्ना 8:4

तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई।

Interlinear

Choose Theme