Home Bibles इजकिएल 13:19 · नेपाली बाइबल
इजकिएल 13:19 · नेपाली बाइबल

तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ।

Cross references

1 शमूएल 2:16

बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।”

हितोपदेश 17:15

जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।

हितोपदेश 19:27

हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्‌यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।

हितोपदेश 28:21

न्यायधीश पक्षपाती हुनु हुदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्।

यशैया 5:20

हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो।

यर्मिया 23:14

मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”

यर्मिया 23:17

कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, ‘परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’

इजकिएल 13:22

“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।

इजकिएल 20:39

हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”

इजकिएल 22:26

“पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।

इजकिएल 22:27

“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।

मीका 3:5

परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।

मीका 3:11

यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”

मलाकी 1:10

“साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकारगर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

रोमी 14:15

केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यु-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत संझेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।

रोमी 16:18

त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।

1 कोरिन्थी 8:11

यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ।

1 पत्रुस 5:2

जुन ती मानिसहरुको तिमीहरु जिम्मावारी छौ, तिनीहरुको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरु परमेश्वरका बथान हुन्। ती मानिसहरुको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरु सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरु पैसाका निम्ति लोभी छौ।

2 पत्रुस 2:2

धेरै मानिसहरु तिनीहरुले गरेका नराम्रा कुराहरु अनुसरण गर्छन्। तिनीहरुले गर्दा सत्य मार्गलाई अरु मानिसहरुले आलोचना गर्छन्।

Interlinear

Choose Theme