Home Bibles मत्ती 24:34 · नेपाली बाइबल
मत्ती 24:34 · नेपाली बाइबल

म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।

Cross references

मत्ती 12:45

त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढता दुष्ट आत्मा अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।’

मत्ती 16:28

तिमीहरूलाइ साँचो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

मत्ती 23:36

म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलागनेछ।

मर्कूस 13:30

म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्।

लूका 11:50

त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ।

लूका 21:32

“म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घटनाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्।

Interlinear

Choose Theme