त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूँईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।
Cross references
तिमीहरुसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।
तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो।
तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”
हारून इस्राएलका मनिसहरूसंग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरूभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।”‘
परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।
परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।
त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”
परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।
परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।
मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए।
पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो।
म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ।
त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको खोल्चामा देखे।
त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोडदै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।
तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।
त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें।
त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”
“म दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे।
त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें। ‘महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन।
जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसंग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”
हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।
तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।