तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
Cross references
परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”
शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।
यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।
दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।