तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।”यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलैको जस्तो राम्रो भयो।
Cross references
यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”
‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।
यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।
येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।’ अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।