पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।
Cross references
पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।
सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए।
अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।
ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्।
म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ।
सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्।
त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढदछ।
ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढछ।