Home Bibles उपदेशक 12:11 · नेपाली बाइबल
उपदेशक 12:11 · नेपाली बाइबल

ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्।

Cross references

उत्पत्ति 49:24

दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।

एज्रा 9:8

अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।

भजनसंग्रह 23:1

परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।

भजनसंग्रह 80:1

हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।

हितोपदेश 1:6

तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।

हितोपदेश 10:21

इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खयाँईंले उसलाई मार्छ।

हितोपदेश 22:17

राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।

यशैया 22:23

म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ।

यशैया 40:11

गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

यर्मिया 23:29

मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।

इजकिएल 34:23

त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।

मत्ती 3:7

धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?

यूहन्ना 3:10

येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ?

यूहन्ना 10:14

“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।

प्रेरित 2:37

जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

2 कोरिन्थी 10:4

हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।

हिब्रू 4:12

परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

हिब्रू 13:20

म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।

1 पत्रुस 5:4

तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

Interlinear

Choose Theme