अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’“तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ।
Cross references
“बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु।“तिमीहरूका जेठा छोरा मलाई चढाऊ।
“जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।“तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।”परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ
“यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्।
“परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।
तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेडाको पहिले काटेको ऊन पनि दिनु पर्छ।
परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।
“तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघाडी राख्नेछन्।
आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।
“सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो। तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्। तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।
सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।