Home Bibles ☰ Books प्रस्थान 34:1 · नेपाली बाइबल
प्रस्थान 34:1 · नेपाली बाइबल

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ।

Cross references

प्रस्थान 24:12

परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”

प्रस्थान 31:18

यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।

प्रस्थान 32:16

यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।

प्रस्थान 32:19

मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए।

प्रस्थान 34:28

त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसंग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।

व्यवस्था 9:15

“पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।

व्यवस्था 10:1

“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।

भजनसंग्रह 119:89

हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।

Interlinear

Choose Theme