Home Bibles ☰ Books प्रस्थान 32:16 · नेपाली बाइबल
प्रस्थान 32:16 · नेपाली बाइबल

यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।

Cross references

प्रस्थान 31:18

यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।

प्रस्थान 34:1

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ।

प्रस्थान 34:4

यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै उ सीनै पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए।

व्यवस्था 9:9

म चेप्टा ढुङ्गाहरू लिनु पहाडमा गएँ जसमा परमेश्वरले गरेको करार लेखिएको थियो। म त्यहाँ पहाडमाथि चालीस दिन अनि चालीस रात केही नखाइ अथवा पानीसम्म न पिइ बसें।

व्यवस्था 9:15

“पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।

व्यवस्था 10:1

“त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।

अय्यूब 19:24

म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।

2 कोरिन्थी 3:3

यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुंगाका पाटीहरूमालेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।

2 कोरिन्थी 3:7

मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनष्ठ्वुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो।

हिब्रू 8:10

“म यो नयाँ करार इस्त्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु। म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु र ती मेरा प्रजाहरू बन्नेछन्।

Interlinear

Choose Theme