Home Bibles ☰ Books प्रस्थान 28:38 · नेपाली बाइबल
प्रस्थान 28:38 · नेपाली बाइबल

हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैं आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू ग्रहण परमप्रभुले गर्नु हुनेछ।

Cross references

प्रस्थान 28:43

हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”

लेवी 1:4

उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।

लेवी 10:17

“तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।

लेवी 22:9

“मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु।

लेवी 22:16

यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

लेवी 22:27

“जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसंगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।

लेवी 23:11

पूजाहारीले बिटालाई परमप्रभु अधि डोलाओस् यसकारण तिमीहरूलाई स्वीकार गर्नेछ उसले त्यो विश्राम भोलि पल्ट गर्नेछ।

गन्ती 18:1

परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ।

यशैया 53:6

हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।

यशैया 53:11

मनमा उ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ। मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।

यशैया 56:7

परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।”

यशैया 60:7

केदारबाट आएका सारा भेंडा मानिसहरूले जम्मा गर्नेछन अनि तिमीहरूकहाँ ल्याइदिनेछन् नबायोतका भेडाँहरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।

इजकिएल 4:4

“त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति वर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ।

यूहन्ना 1:29

अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

2 कोरिन्थी 5:21

ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

Interlinear

Choose Theme