Home Bibles लेवी 22:27 · नेपाली बाइबल
लेवी 22:27 · नेपाली बाइबल

“जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसंगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।

Cross references

प्रस्थान 22:29

“बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु।“तिमीहरूका जेठा छोरा मलाई चढाऊ।

प्रस्थान 22:30

तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसंग सात दिनसम्म बसून, अनि त्यसलाई आठौं दिनमा मलाई चढाऊ।

लेवी 12:2

“इस्राएलका मानिसहरूलाई भनः यदि कुनै स्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे।

लेवी 19:23

“भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन वर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।

लेवी 22:25

“यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”

Interlinear

Choose Theme