“कुनै मानिसले आफ्नो चीजवीज अथवा पैसा आफ्नो छिमेकीकहाँ राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरेको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ।
Cross references
तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोरू, गधा अथवा भेडा जुन सुकै होस्।
जे जति उसले झूट्टा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।
कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन।
जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।
यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।