Home Bibles ☰ Books प्रस्थान 12:3 · नेपाली बाइबल
प्रस्थान 12:3 · नेपाली बाइबल

यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ।

Cross references

उत्पत्ति 4:4

हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो।अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।

उत्पत्ति 22:8

अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

प्रस्थान 4:30

त्यसपछि हारूनले मानिसहरूसंग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे।

प्रस्थान 6:6

यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।

प्रस्थान 12:6

तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसंग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ।

प्रस्थान 14:15

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसंग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढन शुरू गर्नु भन।

प्रस्थान 20:19

तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

लेवी 1:2

“इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।

लेवी 5:6

अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ।

गन्ती 1:1

सीनै मरूभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।

गन्ती 15:11

प्रत्येक साँढे अथवा भेडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ।

यहोशू 7:14

“‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्।

Interlinear

Choose Theme