तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ।
Cross references
म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोडनेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।
यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।
मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।
तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर।
“अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।
अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।
पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर।
तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।
मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।