Home Bibles ☰ Books प्रस्थान 12:31 · नेपाली बाइबल
प्रस्थान 12:31 · नेपाली बाइबल

तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर।

Cross references

प्रस्थान 3:19

“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

प्रस्थान 3:20

यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।

प्रस्थान 6:1

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

प्रस्थान 8:8

फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”

प्रस्थान 10:9

मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।”

प्रस्थान 10:29

तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”

प्रस्थान 11:8

त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसंगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।”तब मोशा रिसाएर म फिरऊनलाई छोडनेछु।”‘

1 शमूएल 6:6

फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।

भजनसंग्रह 105:38

परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।

Interlinear

Choose Theme