Home Bibles प्रस्थान 10:27 · नेपाली बाइबल
प्रस्थान 10:27 · नेपाली बाइबल

परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे।

Cross references

प्रस्थान 4:21

मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।

प्रस्थान 10:1

परमप्रभुले मोशालाई भननु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें

प्रस्थान 10:20

तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।

प्रस्थान 14:4

म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हुँ।”

प्रस्थान 14:8

इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्‌यो।

प्रकाश 9:20

पृथ्वीका अन्य मानिसहरु बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरुले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरुले आफ्नैै हातले निर्माण गरेका कुराहरुबाट तिनीहरुले मुख फर्काएनन्। तिनीहरुले दानवहरु अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँडन सक्तैनन्, पूजा गर्न छाडेनन्।

प्रकाश 16:10

पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके।

Interlinear

Choose Theme