Home Bibles ☰ Books एस्तर 9:27 · नेपाली बाइबल
एस्तर 9:27 · नेपाली बाइबल

तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहूदीहरूले आफू स्वंयमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक वर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्।

Cross references

गन्ती 15:15

यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बासो गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्।

व्यवस्था 5:3

परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ।

व्यवस्था 29:14

परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन,

यहोशू 9:15

यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।

न्यायकर्ता 11:40

हरेक वर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।

1 शमूएल 30:25

दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।

2 शमूएल 21:1

दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन वर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।”

एस्तर 8:17

अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।

एस्तर 9:21

तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई वर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे।

भजनसंग्रह 78:7

यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।

यशैया 2:3

धेरै मानिसहरू त्यहाँ जानेछन्। तिनीहरूले भन्नेछन् “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।”परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।

यशैया 56:3

केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ।”

यशैया 56:6

कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।

Interlinear

Choose Theme