यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए।
Cross references
यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।
यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतवर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो।
बाह्रौ महीना अर्थात आदरको महीनाको तेह्रौ दिनमा राजाको आदेश कार्यान्विनन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे।
तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।
तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई वर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे।