Home Bibles ☰ Books एस्तर 6:14 · नेपाली बाइबल
एस्तर 6:14 · नेपाली बाइबल

तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।

Cross references

व्यवस्था 32:35

तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’

एस्तर 5:5

राजाले आदेश दिए, “हामानलाई छिटो बोलाऊ जसमा कि एस्तरले भनेको कुरा हामीहरूले गर्न सकौ।”अनि राजा र हामान एस्तरले आयोजन गरेको भोजमा गए।

एस्तर 5:8

यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

एस्तर 5:14

तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दकैलाई त्यसमा झुण्डयाउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।” त्यो विचार हामानलाई उत्तम लाग्यो अनि तिनले फाँसी बनाए।

Interlinear

Choose Theme