खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाया झैं लामो हुँदैन।
Cross references
मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो यहाँ छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ।
हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।
दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन बादल जस्तो छ जुन चाँडै विलिन हुँदछ, कुनै पनि मानिस सदा सर्वदा बाँच्दैन!
हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।
मानिसको जीवन मात्र हावाको झोंका हो। मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।
कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।
तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।
तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू र्चकिएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।
“दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”
त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।
अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुसरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।”
मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।
जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।
भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।
ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।