Home Bibles ☰ Books उपदेशक 7:11 · नेपाली बाइबल
उपदेशक 7:11 · नेपाली बाइबल

जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो।

Cross references

1 राजा 3:6

सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो।

अय्यूब 28:12

तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?

भजनसंग्रह 119:72

हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरूभन्दा उत्तम छ।

हितोपदेश 3:14

ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।

हितोपदेश 3:15

ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।

हितोपदेश 8:10

मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।

हितोपदेश 14:24

ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।

उपदेशक 2:13

मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो।

उपदेशक 9:15

तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।

उपदेशक 11:7

उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउँनको लागि असल हो।

लूका 16:8

पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

1 तिमोथी 6:17

यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

Interlinear

Choose Theme